
नेपाली पिपल्स कोर्डिनेसन कमिटी युनाइटेड किंगडम (NPCC UK) को मुख्य उद्देश्य यूकेमा बसोबास गर्ने नेपाली समुदायको एकता, अधिकार, र समृद्धि लाई बढावा दिनु हो। हामीले नेपाली संस्कृति, भाषा, र मूल्यहरूको संरक्षण गर्दै युवा सशक्तिकरण, शैक्षिक अवसर, र सामाजिक न्यायको लागि कार्य गर्छौं। समुदायका आवश्यकतालाई प्राथमिकतामा राखी, आपत्कालीन सहयोग, कानुनी सल्लाह, र सांस्कृतिक आदानप्रदान मार्फत हामी नेपालीहरूको पहिचान र गौरवलाई अगाडि बढाउन प्रतिबद्ध छौं।
यूकेमा रहेको नेपाली समुदायलाई एकजुट, सशक्त, र आत्मनिर्भर बनाउनु NPCC UK को दीर्घकालीन दृष्टिकोण हो। हाम्रो लक्ष्य नेपालीहरूको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गर्ने, उनीहरूको सामाजिक-आर्थिक अवस्था सुधार्ने, र भावी पुस्ताका लागि सांस्कृतिक विरासत सुरक्षित गर्ने हो। हामी विश्वास गर्छौं कि सहकार्य र समन्वय नै समुदायको प्रगतिको मूल आधार हो।
एकता: समुदायिक सहयोग र सामूहिक प्रयासलाई प्रोत्साहन।
पारदर्शिता: नैतिकता र जवाफदेहिताको साथ कार्यान्वयन।
समावेशीता: जात, लिंग, वर्ग, र विचारको आधारमा भेदभाव रहित सेवा।
नवीनता: आधुनिक चुनौतीहरूसँग जुध्न रचनात्मक समाधान खोज्ने।
संस्कृतिको संरक्षण: नेपाली परम्परा र गौरवलाई अग्रसर बनाउने।
यूकेमा नेपाली समुदायको प्रतिनिधि स्वर।
सामाजिक सेवा र सांस्कृतिक गतिविधिहरूमा सक्रिय भागीदारी।
युवा, महिला, र बृद्धजनसँगै समुदाय निर्माणको लागि समर्पित।
आउनुहोस्, हाम्रो मिशन र भिजनमा सहभागी बन्नुहोस्।
“एकता, सेवा, प्रगति—NPCC UK सँगै बढौं!”
