Nepali People's coordination committee United Kingdom

नेपाली जनसम्पर्क समिति बेलायत

कांग्रेसको १५औं महाधिवेशनमा १४ जना प्रतिनिधि लाने एनपीसीसी यूकेको निर्णय

२०८२ मंसिर २९, सोमबार ०८:४६

बेलायत । नेपाली कांग्रेसको बेलायतस्थित प्रवास संगठन नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी युके) ले आफ्नो छैटौं अधिवेशन गर्ने निर्णय गरेको छ । आइतबार फेल्थामस्थित नमस्ते गोर्खा रेस्टुरेन्टमा सम्पन्न समितिको बैठकले उक्त निर्णय गरेको हो ।

नेपाली कांग्रेसको आसन्न १५औं महाधिवेशन नजिकिंदै गर्दा जनसम्पर्क समितिहरूले पनि आफ्नो क्रियासिल सदस्यहरूको नविकरण नावलीको विवरण पुस ३ गतेभित्र केन्द्रमा पठाइसक्नुपर्ने केन्द्रको निर्णयानुसार सबै जनसम्पर्क समितिहरूले अधिवेशन गर्नुपर्ने भएको छ ।

यस्तै, बेलायत समितिले कांग्रेसको १५औं महाधिवेशनमा १४ जना महाधिवेशन प्रतिनिधि लैजाने निर्णय गरेको छ । यदि १४ जनाभन्दा बढी प्रतिनिधि भएको खण्डमा क्रियासिल सदस्यहरूद्वारा निर्वाचन गरी चुन्ने महामन्त्री इन्द्रहाङ लिङ्देनले जानकारी दिए ।

अधिवेशन मिति भने केन्द्रबाट क्रियासिल सदस्यता प्रमाणित भएर आएपछि तोकिने पनि लिङ्देनले जानकारी दिए ।