Nepali People's coordination committee United Kingdom

नेपाली जनसम्पर्क समिति बेलायत

बेलायतका कांग्रेसीहरु क्रियाशील सदस्यता नवीकरण तथा वितरणतिर

२०८२ जेष्ठ ५, सोमबार १६:२२

लन्डन । नेपाली जनसम्पर्क समिति यूकेले नेपाली कांग्रेसको क्रियाशील सदस्य नवीकरण तथा नयाँ क्रियाशील सदस्य वितरणका लागि एक समिति गठन गरेको छ ।

पाँचौं अधिवेशनका लागि नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशनअनुसार यूकेका विभिन्न ७ क्षेत्रलगायत वेल्स्, स्कटल्यान्ड र नर्दन आयरल्यान्ड गरी जम्मा १० वटा क्षेत्रमा वितरण समिति बनाइएको हो । उक्त क्रियाशील सदस्यले नेपाली जनसम्पर्क समिति यूकेको पाँचौं कार्यसमिति तथा नेपाली कांगे्रसको चौथो महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्नेछ ।

नेपाली कांग्रेसको पत्र बमोजिम क्रियाशील सदस्यको मापदण्ड तथा शुल्कअनुसार रितपूर्वक आएको निवेदन फाराम नेपाली जनसम्पर्क समिति यूकेका सभापति युवराज गुरुङले प्रमाणित गरी केन्द्रमा सिफारिस गर्नेछन् । क्रियाशिल सदस्यता नवीकरण गर्नेले ७५ पाउन्ड र नयाँ सदस्यता लिन चाहनेले ३० पाउन्ड रकम बुझाउनुपर्ने छ । सदस्यता फाराम वितरण गर्दा आधा शुल्क सुरुमा धरौटी राख्नुपर्ने केन्द्रको निर्देशन छ । एक व्यक्तिले अधिकतम १० वटा फारम प्राप्त गर्नेछ । पहिलो १० वटा फारामको सबै प्रकृया पूरा गरी बाँकी शुल्कसहित बुझाएपछि मात्र नयाँ फाराम पाउन सकिने समितिले जनाएको छ ।

नेपाली कांग्रेसको क्रियाशील सदस्य छानबिन समितिले अन्तिम नामावली टुंगो लगएपछि नेपाली जनसम्पर्क समिति यूकेको पाँचौं अधिवेशन तथा नेपाली कांग्रेसको चौथो महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया अगाडि बढ्ने सभापति युवराज गुरुङले बताए ।

क्रियाशील सदस्य वितरण समिति निम्न छः

पूर्वी लन्डन

१. सुरज केसी
२. युवराज सिंह
३. कुश बस्नेत
४. खुशी लिम्बू
५. रेशम बस्याल
६. मन्दिप केसी
७. मोती भण्डारी
८. विनय अधिकारी
९. महलाल घिमिरे

नर्थ वेस्ट लन्डन
१. रितेश पाण्डे
२. आलेख चौहान
३. विजन भट्ट
४. क्षमता ढकाल
५. सन्तोष गुरुङ
६. बिनोद मोक्तान
७. विज्ञान प्रसाईं
८. हरिभक्त न्यौपाने
९. राजकुमार त्रिपाठी
१०. विकास देवकोटा

साउथ वेस्ट लन्डन
१. सूर्य नेम्वाङ
२. इन्द्रहाङ लिम्बु
३. इन्द्रमान गुरुङ
४. रमेश पौडेल
५. शान्तविनोद लामिछाने
६. बीरेन खड्का
७. एभरेस्ट गौतम

हयाम्पसायर
१. रोमियन लिम्बु
२. हितकाजी गुरुङ
३. तर्कजंग गुरुङ
४. कोपिला सुब्बा
५. कुमारी गुरुङ
६. शेरबहादुर सुनार
७. लोक गुरुङ
८. योगेन क्षेत्री
९. तारा गुरुङ

केन्ट
१. किरण राई
२. भीम राई
३. सूर्य तामाङ
४. सुनिल गुरुङ
५. सुवास राई/दिनेश खड्का
६. राजकुमार शाक्य

योर्कसायर
१. विश्व पण्डित
२. बेद लावती
३. नरकुमारी लिम्बु
४. विश्व घिमिरे
५. केशव गुरुङ
६. नवराज न्यौपाने
७. कृतिविलाश पन्त

मिडल्यान्ड
१. केशव भण्डारी
२. सुवास पोखरेल
३. उपेन पौडेल
४. शेखर कँडेल
५. सशांक शर्मा
६. राज सिटौला
७. दयानिधि सापकोटा

नर्दन आयरल्यान्ड
नारायण कँडेल

स्कटल्यान्ड
मोहन कार्की

वेल्स्
चन्द्रमान लावती, इन्द्र गुरुङ