Nepali People's coordination committee United Kingdom

नेपाली जनसम्पर्क समिति बेलायत

सांसद खम बहादुर (खमबिर) गर्बुजा बेलायतमा

२०८२ जेष्ठ ५, सोमबार १६:५१

लण्डन । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभामा म्याग्दीबाट प्रतिनिधित्व गर्ने सांसद खम बहादुर (खमबिर) गर्बुजा बेलायत भ्रमणमा आएका छन।

उनी लण्डनस्थित हित्रो विमानस्थलमा सोमबार साँझ आइपुग्दा नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युबराज गुरुङले स्वागत गरेका थिए ।
उनको स्वागतमा गैर आबसीय नेपाली संघ (एनआरएनए) युके तथा म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेका निबर्तमान अध्यक्ष योग कुमार फगामी, पत्रकार, साहित्यकार तथा समाजसेवी दुत पुन (चिम्खोले काईला), मोना अन्तराष्ट्रिय समन्नय परिषदका उपाध्यक्ष जंग बहादुर बुदुजा, पुन समाज युकेका निबर्तमान अध्यक्षहरु अति प्रसाद पुन, धन बहादुर पुन, मोना युकेका बर्तमान महासचिब बिष्णु भण्डारी, राउघाट खोला सेरोफेरो युकेका निबर्तमान अध्यक्ष रत्न बहादुर शाही (गोपाल) लगायत विमानस्थल पुगेका थिए ।

उनी बेलायतमा रहदा नेपाली जनसम्पर्क समिति बेलायतको, भुतपुर्बक गोर्खा, मोना युके, मगर संघ युके, दग्नाम दर्मिजा समाज युकेका कार्यक्रमहरुमा सहभागिता रहने बताइको छ ।

सांसद गर्बुजाको सपरिवार बेलायतमा रहेपनि उनी लामो समयदेखि नेपाली राजनीतिमा सकृय छन् ।