Nepali People's coordination committee United Kingdom

नेपाली जनसम्पर्क समिति बेलायत

नेपाली जनसम्पर्क समिति बेलायतले बोलायो परामर्श भेला

२०८२ जेष्ठ ५, सोमबार १६:४६

लण्डन् । नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङले परामर्श भेला बोलाएका छन् ।

समितिको गत महाधिवेशनको निर्णयलाई लिएर एउटा समूहले अतिरन्जित गर्दै बेलायत जनसम्पर्क समितिलाई विवादमा पार्न खोजे पछि कार्यसमिति र क्रियाशिल सदस्यहरुको परामर्शका लागि भेलाको आयोजना गरिएको गुरुङले बताए।

संस्थाका क्रियाशिल सदस्यहरु र पार्टीको सुझाव अनुरुप अघि बढ्ने बताउंदै  आवश्यक परे ताजा महाधिवशेन गरेर नयां नेतृत्व चयन गर्न समेत आफु पछि नहट्ने  उनले बताए । जनसम्पर्क समिति बेलायतका महेश दाहाल समूहले आफु आधिकारी रहेको दावी गर्दै भेला आयोजना गर्दै आएको छ ।

आगामी शनिवार फेल्थमस्थित नमस्ते गोर्खामा दिउँसो १२ बजे पछि भेलाको आयोजना हुने समितिले जनाएको छ ।

गत महाधिवेशनमा नेपाली जनसम्पर्क समिति बेलायतले चक्रीय  प्रणाली अनुरुप नेतृत्व पालैपालो गर्ने निर्णयलाई नेपाली कांग्रेस पार्टीले अस्वीकार गरे पछि समितिभित्र विवाद बल्झिएको हो ।