Nepali People's coordination committee United Kingdom

नेपाली जनसम्पर्क समिति बेलायत

आफ्ना सल्लाहकार राष्ट्र राईको निधनमा जनसम्पर्क समितिले तीन दिन कुनै कार्यक्रम नगर्ने

२०८२ जेष्ठ ५, सोमबार १६:५२

ण्डन- नेपाली जनसम्पर्क समिति बेलायतका सल्लाहकार तथा एनआरएनए यूके पूर्व उपाध्यक्ष राष्ट्र कुमार राईको निधनप्रति नेपाली जनसम्पर्क समिति बेलायतले गहिरो दुःख व्यक्त गरेको छ । 

समितिका सभापति युवराज गुरुङले शनिबार एक शोक वक्तव्य जारी गर्दै श्रद्धान्जली अर्पण गरेका हुन् ।

सभापति गुरुङले यस दु:खद घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनि भगवानसँग प्रार्थना गर्दै हार्दिक समवेदना पनि प्रकट गरेका छन् ।

स्वर्गीय राईले लामो समयदेखि नेपाली लोकतान्त्रिक आन्दोलनमा पुरयाएको योगदानको कदर गर्दै उनको सम्मानमा तीन दिनसम्म जनसम्पर्क समिति तथा समितिका क्षेत्रीय समितिहरुले बेलायतमा कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको पनि गुरुङले जनाएका छन् । 

राईको बिहीबार हृदयाघातबाट निधन भएको थियो ।