Nepali People's coordination committee United Kingdom

नेपाली जनसम्पर्क समिति बेलायत

एनआरएन पुनर्रसंरचनामा सहयोग गरौं: युवराज गुरुङ्ग, सभापति जनसम्पर्क समिति वेलायत

२०८२ जेष्ठ ५, सोमबार १६:२७

प्रोतुगल । बेलायतस्थित नेपाली कांग्रेसको भातृसँस्था नेपाली जनम्पर्क समितिका सभापति युवराज गुरुङ्गले गैरआवासीय नेपाली संघको विषेश अधिवेसनमा सबै जना एक जुट हुन आव्हान गरेका छन् । 

गुरुङ्गले शनिवार साँझ आफ्नो फेसबुक टाइमलाइन मार्फत संघका निःशुल्क सदस्यता, निःशुल्क प्रतिनिधी दर्ता र अनलाइन मतदान, व्यवस्थित प्रतिनिधी छनोट जस्ता प्रस्तावलाई अग्रामी भन्दै  प्रस्तावमा पूर्ण समर्थन रहेको जनाएका छन् । उनले ती प्रस्तावहरु पास गर्न एक मात्र विकल्प विषेश अधिवेसन भएको उल्लेख गरेका छन् । 

उनले एनआरएनएलाई धनाढ्यहरुको कल्वबाट बाहिर निकाल्न सहयोग गर्न आव्हान गरेका छन् । 

गुरुङ्गले अजेण्डा कस्ले ल्याएको भन्ने कुरा महत्वपूर्ण होइन् अजेण्डा कस्तो छ भन्ने महत्व हुने बताए ।  

गैरआवासीय नेपाली संघको विषेश महाधिवेसन जनवरीको तेस्रो साता हुँदैछ । त्यसको लागि संघले नेपाल सरकारको स्वीकृत लिइसकेको छ । 

संघले अघि सारे पुनर्रसंरचनाका मुद्धामा अहिले विधान समिति माफर्त व्यापक छलफल चलिरहेको विधान समितिका उपसंयोजक गंगाधार गौतमले जानकारी दिएका छन् ।