|
|
| |
|
जनसम्पर्क समिति बेलायतको दोस्रो अधिबेसन जूनमा हुने |
|
|
| |
| |
| |
नेपाली जनसम्पर्क समिति बेलायतको दोस्रो अधिबेसन आगामी जुन २० तारिक शनिबारका दिन हुने भएको छ । नेपाली जनसम्पर्क समिति बेलायतको गत शनिबार सम्पन्न बैठकले बिभिन्न निर्णय गर्दै हाल रहेको कार्यसमितिको बिस्तार समेत गरेको छ । बिस्तारित कार्यसमितिमा, पहिलो अधिबेसनबाट निर्वाचित सबै निर्वाचित सदस्यहरु, जनसम्र्पक समितिका सबै क्षेत्रिय सभापतिहरु, समितिका भुतपुर्व सभापति तथा भुतपुर्व उपसभापति सीबजी श्रेष्ठलाई समाबेश गरि २८ सदस्सीय नंया कार्यसमिति बनाउने निर्णय गरेको छ । जनसम्पर्क समितिका सभापति बिनोद मोक्तानको सभापतित्वमा सम्पन्न सो बैठकले आगामी तिन महिना भित्र क्षेत्रिय अधिबेशन गर्ने निर्णय समेत गरेको छ । |
| |
|
|
|
|