नेपाली जन सम्पर्क समितिको कार्य समितिका अध्यक्ष लोक गुरुङ्गको सभापतिमा वसेको बैठक विभिन्न निर्णयहरु सहित समाप्त भएको छ ।
समितिका उपाध्यक्ष विजन भट्टको संयोजकत्वमा गठित क्षेत्र विस्तार अध्ययन समितिले संयुक्त अधिराज्य बेलायतको १० क्षेत्रमा क्षेत्रिय समिति विस्तार गर्ने गरि पेश गर्नु भएको प्रतिवेदन शैद्धान्तिक रुपमा समिति स्वीकार गर्दै उक्त समितिका सम्पूर्ण सदस्यहरुलाई उक्त गहन प्रतिवेदन पेश गरेकोमा धन्यवाद ज्ञापन गर्ने निर्णय गरियो ।
त्यसै गरि हालै नेपाली विद्यार्थीहरुले बेलायतमा भोग्नु परेको समश्याहरुलाई हदयंगम गरि आगामि २९ नोभेम्वरका दिन सेन्टर लण्डनमा विद्यार्थी अभिमुखिकरण कार्यक्रम गर्ने निर्णय गरेको छ । समितिले आगमति दिनमा कानूनी हेल्प डेस्क सहित अन्य सहयोका लागि कार्यक्रमहरु तय गर्ने निर्णय भएको छ ।
जनसम्पर्क समितिले महामानव वि पी कोईरालाले प्रतिपादन गुर्न भएको राष्ट्रिय मेलमिलाप नितीलाई स्मरण गर्दै आगामी जनवरी २४ तारिखका दिन नेपाली काग्रेसका वरिष्ठ नेताहरुको उपस्थितिमा एक भव्य दिवशको रुपमा मनाउने निर्णय गरेको छ । लोक गुरुङ्गको संयोजकत्वमा एक तयारी समितिको समेत गठन गरिएको छ ।
साथै समितिको बैठकले सस्थाको विधानमा भाषागत त्रुटिहरु धेरै देखिएकोले सोको परिमार्जनका लागि कीर्तिविलास पन्तलाई जिम्वादिने निर्णय गरेको छ ।
कार्य समितिका सहस्यहरु तथा समितिको सल्लाहाकारहरु एवं वुद्धिजिविहरुको विशेष उपस्थितीमा एभरेष्ट तन्दुरी रेडिङ्गमा वसेको बैठकको संचालन समितिका महामन्त्री शान्तविनोद लामिछानेले गर्नु भएको थियो ।