नेपाली कांग्रेस प्रति प्रतिबद्ध महानुभाबहरुमा नेपाली जनसम्पर्क समिति युकेको अपील -७ नोभेम्बर २००८
नेपाली कांग्रेस प्रति प्रतिबद्ध महानुभाबहरुमा नेपाली जनसम्पर्क समिति युकेको अपील -७ नोभेम्बर २००८
नेपाली कांग्रेस प्रति प्रतिबद्ध महानुभाबहरुमा नेपाली जनसम्र्पक समिति युकेको अपील -७ नोभेम्बर २००८)
आदरणीय प्रजातन्त्रप्रेमी नेपाली कांग्रेस प्रति प्रतिबद्ध महानुभाबहरु, नेपाली जनसम्पर्क समिति बेलायतको आदरणीय नेता सुसील कोइरालाज्युको समुपस्थितिमा प्रजातन्त्र पद्धति अनुरुप नै अत्यन्त उल्लास पुर्बक प्रथम अधिबेशन सम्पन्न भएको थियो । दोस्रो जनआन्दोलनका क्रममा बिभिन्न रुपले सक्रिय भुमिका खेल्नु एवं नेपाली राजदुताबासमा भर्ना, विरोध एवं बेलायतको पार्लियामेन्छ स्क्वायरमा भएको प्रदर्शन लगायतले यस संगठनको उचाईलाई अन्तराष्ट्रिय जगतमा पहिचान दिन एवं नेपालमा लोकतन्त्र पुनस्थापनामा ठुलो टेवा पुगेको कहि कतै छिपेको छैन । प्रथम अधिबेसन पश्चात यस जनसम्र्पक समितिले नेपाली कांग्रेस प्रति अत्यन्त महत्वपुर्ण भुमिका निभाएको सत्यता छर्लङ्ग छ । नेपाली कांग्रेसको सदस्यता स्वरुप सोसियलिष्ट इन्टरनेस्नलनको शुल्क तिर्न सहयोग गरि त्यसैका फलस्वरुप नेपालमा सोसियलिष्ट इन्टरनेस्नलको भेला एवै त्यसको उपाध्यक्ष पदमा आदरणीय नेता शेर बहादुर देउवा चुनिनु भएको छ । यस्तै यस जनसम्र्पक समितिद्धारा गतबर्ष नेपालमा भएको बाढी पिडितहरुलाई २ लाख रुपैया सहयोग गरि सामाजिक कार्यलाई अगाडि बढाउदै आएको छ । त्यस्तै यस समितिले जनआन्दाृलन २ का चर्चित बिधार्थी नेताहरु संग बिचार गोष्ठी, नेपालबाट पाल्नु भएका आदरणीय नेताहरु शेर बहादुर देउवा, सुसिल कोइराला, सुजाता कोइराला एवं बिधार्थी नेताहरुसगा अन्तरक्रिया विचार, गोष्ठी तथा भेटघाट कार्यक्रmमहरु भएको यहाा स्पष्ट नै छ । त्यस्तै यस जनसम्र्पक समितिले नेपfmी कांग्रेसले आयोजन ागर्नै कार्यक्रमहरुलाई निरन्तरता दिदैं हरेक बर्ष बि पी स्मृति दिवस बि पी जयन्ती , गणेशमान सिहं स्मृति दिवस कोजाग्रत पुणिर्माको चियापान समारोह लगायतका कार्यक्रमहरु फानब्रो इष्ट लण्डन रेडिङ्ग लगायत लण्डनमा बिभिन्न स्थानमा आयोजना गरिदैं आएको छ । बिगत केहि दिन यता नेपाली जनसम्र्पक समितिसंग सम्बद्ध केही साथीहरुद्धारा संगठनलाई नै बद्नाम गराउने गरि गतल कुराहरु प्रचारवाजी गर्दै छापामा हिलो छ्यापा छ्याप गर्ने कार्यले सिंगो संगठन माथी आघात पर्न गएको छ । प्रजातन्त्र भित्र प्रजातन्त्रीक पद्धथि अपनाउदा कुनै साथीहरु निर्वाचनबाट पराजय भोगेको कुरालाई आत्मसाथ गर्न नसक्दा संगठन भित्र गुटबन्दी देखा पर्न गएको हो । बर्तमान कार्यसमितिले पुरानो समितिका जिम्मेबार साथीहरु संग साागठानिक दस्तावेज एवं आर्थिक हिसाब किताब पारदर्शिता गर्नु पर्यो भन्ने माग राख्दा साथीहरु नालायज रुपमा सिङ्गो कार्यसमितिलाई अवैधानिक हो भन्दै भङ्ग हुनु पर्ने भन्दै छापामा उत्रिनुका साथै नेपाली कांग्रेस केन्दि्रय समितिमा निबेदन चढाउन पुग्नु भयो । पुर्व कोषाध्यक्ष राजकुमार पाठकले आर्थिक अनियमितता भएको इमेल पठाउद नेपाली कांग्रेसको इमेलमा पठाएको भन्दै उहांलाई बर्खास्त गराउन सफल भएका साथीहरु हर समय कार्यसमितिमा आफ्नो अनुसार हेरफेर भै रहनु पर्छ भन्ने कुरामा लागि रहनु भयो । कहिले उपसभापति दिए हामी चुप लाग्छौ भन्ने कहिले महामन्त्री दिए मात्र मिल्न सकिन्छ भन्ने प्रक्रियाले संगठन कमजोर बनाउन हरसम्भव प्रयतन गरियो । एनआरएन युकेको निर्वाचनमा संगठनका साथीहरुलाई सहयोग गर्न त परै जाओस एमाले र माओबादीका उम्मेद्धारहरुलाई जिताउने काम गरियो । यस जनसम्र्पक समितिले संगठनलाई बास्तिबिक रुपमा विस्तार गर्न हाम्रा साथीहरुलाई यहांका प्रमुख संस्थाहरुमा प्रतिनिधित्व गराउनु पर्छ भन्ने कुरालाई लत्याउदै एमाले र माओबादीलाई सहयोग गर्न तिनै साथीहरु पुगे । संगठनलाई सहयोग एवं टेवा पुराउने हिसाब गर्नै हो भने सोसलिष्ट इन्टरनेस्नलको लागि पैसा उठाउदा एक पेनी पनि नदिने, बाढि पीडितका लागि पैसा उठाउदा एक सहयोग नगर्ने, समितिको पहिलो मिटिङ्गद्धारा पारित ६० पाउण्ड प्रति बर्ष कार्यसमितिका सदस्यले लेवी तिर्नु पर्ने भन्ने निर्णय प्रति बैठकमा सहमति जनाए पनि कत्ति पनि नतिर्ने र तिर्नै साथीहरु कहिले तुरुन्त महाधिबेसन हुनु पर्छ भन्ने त्यहि समिति समक्ष माग राख्ने जस्ता क्रियाकलाप कत्ति पनि प्रजातन्त्रिक नभएको साबित भएको छ । आर्थिक अनियमितता भएको छ त्यसको स्पष्ट पारिदिनु परयो भनेर पटक पटक बैठकमा डाक्दा उहााहरु उपस्थित समेत नहुने र आर्थिक हिसाब किताबको टुङ्गो लगाउन समिति बनाउदा कुनै समितिलाई नबुझाउने धम्की दिने साथीहरुलाई संगठनले कस्तो ब्यवहार गर्नु परथ्र्यो आज हरेक सदस्यहरुले सोच्नु पर्नै भएको छ । समितिको बिधानका धाराहरुमा केही अप्ठ्यारा र केही अब्यावहारिकता देखि परिर्वतन गर्नु पर्ने आवश्यकता महशुस गर्दै यस समितिले बिधान संसोधन समिति गठन गरि उtm समितिले नेपाली कांग्रेस समक्ष आफ्नो प्रतिबेदन प्रस्तुत गरिसेको छ । उtm प्रतिबेदन नेपाली कांग्रेसबाट अनुमोदन भएर आउने बित्तिकै बिधानमा उठेका बिबादहरु समाधान हुने देखिन्छ । बर्तमान अवस्थामा देखिएका बिबादका सम्बन्धमा यस समिति अत्यन्त जिम्मेबारका साथ असन्तुष्ट साथीहरुसंग बार्ता गर्न तयार छ । कुनै पनि समस्यको समाधान सहमतिबाट नै हुने हुदा साथीहरुलाई सहमतिमा आउन आब्हान समेत गरिन्छ । तथा नेपाली काग्रेस बिदेश बिभागबाट आएको निर्देशन एवं नेपाली जनसम्र्पक समिति युरोपबाट आएको बtmब्यलाई ध्यान दिंदै यस समितिले डिसेम्बर ७ का दिन बिशेष भेला बोलाउन तयार रहेको र उtm भेलामा अहिले उठेका हरेक बिवादहरुको बारेमा छलफल गरि यस समितिको बिधान अनुरुप अधिबेशन गर्न तयार रहेको जानाकारि गराइन्छ । डिसेम्बर ७ को बृहत भेलाबाट कुनै पनि समस्या समाधान गर्न तत्पर रहेको हुनाले तब सम्मका लागि आदरणीय साथीहरुलाई धैर्य धारण गरिदिनु हुन अनुरोध गरिन्छ । साथै डिसेम्बर ७ को बृहत भेलामा नेपाली जनसम्र्पक समिति युरोपका अध्यक्ष लगायत जनसम्र्पक समिति युरोपका बिभिन्न देशका साथीहरु समेत सहभागी हुनुहुने जानाकारि समेत गराइन्छ । उtm बृहत भेलामा उपस्थित हुनुहुन बेलायतमा रहनुहुने नेपाली कांग्रेस प्रति प्रतिबद्ध साथीहरुलाई सादर आमन्त्रण गरिन्छ । जय नेपाल बिनोद मोtmान सभापति नेपाली जनसम्र्पक समिति बेलायत