54 Firs Drive Hounslow, TW5 9TD

+44-7378 658855

1 year ago

#

७०औं प्रजातन्त्र दिवस भर्चुअल समारोहमा हार्दिक निमन्त्रणा !

नेपालमा १०४ बर्षको जहानियाँ राणा शासनको समाप्तिपछि विक्रम सम्वत २००७ साल फागनु ७ गते प्रजातन्त्र आएको सत्तरी बर्ष पुरा भएको छ । ७०औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) ले पूर्व गोर्खाहरुको सम्मानमा निम्न मिति र समयमा एक गोष्ठीको आयोजना गरिरहेको छ ।यस भर्चुअल कार्यक्रममा हामी बेलायतवासी सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजु–भाईहरुलाई हार्दिक निमन्त्रणा गर्दछौं ।

 

कार्यक्रमको विषय:"विक्रम सम्वत २००७ सालको जनक्रान्ति र प्रजातन्त्र स्थापनामा पूर्व गोर्खा सैनिकहरुको निर्णायक भूमिका" मितिः शनिवार, २० फेब्रुवरी २०२१ बेलायत समयः ११ बजेदेखि १३ बजेसम्म

 

 

Join Zoom Meeting

https://zoom.us/j/94781416897?pwd=aUpKcGcyS0w1MHQ4TnVSaXdFNzlNZz09

Meeting ID: 947 8141 6897 Passcode: NPCCUK

 

 

कार्यक्रममा १०४–बर्षे जहानियाँ राणा शासनको समाप्तिका लागि थालिएको मुक्ति आन्दोलन, २००७ सालको सशस्त्र क्रान्तिमा पूर्व गोर्खा सैनिकहरुको युद्द मोर्चा, र उनीहरुले खेलेको निर्णायक भूमिकाको बारेमा खोजमुलक प्रस्तुतिहरु हुनेछन् । यो कार्यक्रम २००७ सालको क्रान्तिका मुक्ति सेनाहरुप्रति समर्पित हो, वर्तमानमा देशविदेशमा रहेका ज्युँदा गोर्खाहरुप्रतिको सम्मान हो ।

 

 

नयाँ पुस्ताले इतिहास भुल्न लागे जस्तो अवस्थामा यस कार्यक्रमले हामीलाई इतिहासको स्मरण गराउनेछ र प्रजातन्त्र प्राप्तिका लागि पुर्खाहरुले गरेको योगदानको कदर गर्न सिकाउने हामीले आशा लिएका छौं । ७०औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजु–भाइहरुमा हार्दिक शुभकामना सहित ।

 

 

महेश कुमार दाहाल

कार्यवाहक सभापति

नेपाली जनसम्पर्क समिति, बेलायत १८ फेब्रुवरी २०२१