54 Firs Drive Hounslow, TW5 9TD

+44-7378 658855

1 year ago

#

नेपाली काँग्रेसको निर्माण विभाग सदस्यमा त्रिपाठी मनोनित

लण्डन । बेलायत स्थित नेपाली समुदायका अब्बल समाजसेवी राजकुमार (आर.के.) त्रिपाठी नेपाली काँग्रेसको निर्माण व्यवसायी समन्वय विभागको सदस्यमा मनोनयन भएका छन् ।

पार्टी सभापति शेर बहादुर देउवाले त्रिपाठीलाई नेपाली काँग्रेसको विधान २०१७ (संशोेधन सहित) को धारा २५(९) बमोजिम निर्माण व्यवसायी समन्वय विभागको सदस्यमा मनोनयन गरेका हुन् ।

मनोनयन गर्र्दै सभापति देउवाले भनेका छन – ‘पार्टीको निर्माण व्यवसायी समन्वय विभागको साथै समग्र नेपाली काँग्रेस पार्टीलाई थप सुदृढ एवं गतिशिल बनाउनमा तपाईँको महत्वपूर्ण योगदान रहनेछ भन्ने विश्वास राखेको छु ।’

बेलायत स्थित नेपाली समुदायमा राम्रो परिचय बनाएका समाजसेवी त्रिपाठी नेपाली काँग्रेसको वैदेशिक विभाग नेपाली जनसम्पर्क समिति बेलायतका पूर्व महामन्त्री समेत हुन् ।

गैरआवासीय नेपाली संघ एनआरएनए यूकेका पूर्व महासचिव समेत रहेका उनी बेलायतको ब्यस्त अन्डरग्राउन्डका एक सिनियर इन्जिनियर समेत हुन् ।

यस अघि विभिन्न संघसंस्थामा नेतृत्व गरी सल्लाहकार समेत रहेका उनले समसामयिक विषयमा पार्टी तथा समग्र देशसँग सम्बन्धित विषयमा दैनिकजसो अपडेट गरिरहन्छन् ।

नेपाली काँग्रेसको नेतृत्व गर्दै उनले नेपालमा २०७२ सालको भूकम्प देखि विभिन्न समयमा भैपरी आएका समस्यामा खरो बनेर सहयोगात्मक काममा लाग्ने गरेका छन् ।

पार्टी र देशको हकहितको निम्ती मैले गरेको कामलाई सम्मान गर्दे पार्टीले मलाई यो जिम्मेवारी दिएको महसुस गरेको छु,’ लण्डन नेपाल न्यूजलाई उनले भने, ‘यसबाट आगामी दिनमा समग्र पार्टीलाई सुदृढ बनाउने अभियानमा अझै लाग्नेछु।’